काठमाडौं, मंसिर,१४ । चिनियाँ रक्षामन्त्री वेई फेङहे आज एकदिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणपछि हुन लागेको यो अर्को उच्चस्तरको भ्रमण हो । उनी आजै बेलुका फर्किने कार्यक्रम तय भएको छ । चीनको राज्य सल्लाहकार, केन्द्रीय सेना आयोगका सदस्य र गणतन्त्र चीनको...